माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई कस्तो जिम्मेवारी ?

माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई कस्तो जिम्मेवारी ?

२९ फागुन, काठमाडौँ ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई काउन्टर दिन समानान्तर कमिटी बनाएको छ ।

शनिबार बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले विभिन्‍न कमिटी बनाएको केन्‍द्रीय सदस्‍य विष्‍णु रिजालले जानकारी दिए । नेपाल पक्षको केन्‍द्रीय समिति बैठकले प्रदेश १ इन्चार्जको जिम्मा भीम आचार्यलाई दिएको छ ।

त्यस्तै प्रदेश २ मा घनश्याम भुसाल, वाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्‍डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनीमा युवराज ज्ञवाली र सुदरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भीम रावललाई दिएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले जिम्मेवारी हेरफेर तथा केन्द्रीय समितिमा सदस्य थप गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.