बादलले सम्हाले एमाले बाग्मती प्रदेश ईन्चार्जको कार्यभार

बादलले सम्हाले एमाले बाग्मती प्रदेश ईन्चार्जको कार्यभार

२९ फागुन, काठमाडौं।

नेकपा (एमाले) को बाग्मती प्रदेशका नवनियुक्त ईन्चार्ज रामबहादुर थापा ‘बादल’ ले आजबाट कार्यभार सम्हालेका छन् ।

आज बादलले बाग्मती प्रदेश कार्यालय च्यासल, ललितपुरमा प्रदेश इन्चार्जको कार्यभार सम्हालेका हुन् । उक्त अवसरमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, अर्थमन्त्री विष्णु पौडेल, आनन्द पोखरेलको सहभागिता रहेको थियो ।

हिजो बसेको एमालेको ओली पक्षको केन्द्रीय कमिटीले गृहमन्त्री समेत रहेका बादललाई उक्त जिम्मेवारी दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.