फुटकाे संघारमा एमाले, नेपाल–खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्दै

फुटकाे संघारमा एमाले, नेपाल–खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्दै

२९ फागुन, काठमाडौं ।

नेकपा (एमाले) माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ । शनिबार शँखमूलस्थित एक बैंक्वीटमा छलफल गर्दै सो निर्णय भएको हाे ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक चैत ७ गते आव्हान गरेका बेला सो पक्षले बैठक अगावै दुई दिने भेला गर्ने तयारी गरेको हो । कार्यकर्ता भेलामा आफू निकटको केन्द्रीय सदस्यहरु, संघीय सांसद, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहने नेता नेता भीमबहादुर रावलले बताए ।

भेलामा जनवर्गीय संगठनका प्रतिनिधि, पेशागत, महिला लगायतको सक्रिय सहभागिता रहने र भेलाले महत्वपूर्ण निर्णय गर्ने नेता रावलले बताए । शुक्रबार बालुवाटारमा भएको निर्णय आफूहरुले नमान्ने नेता रावलले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.