एक नम्बर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

एक नम्बर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

१ चैत्र, विराटनगर ।

एक नम्बर प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

जारी सातौ हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो १२ः३० बजेका लागि आह्वान गरिएको थियो । तर आइतबार सूचना प्रकाशित गर्दै प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको जानकारी गराएको हो ।

फागुन ९ गते मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा दर्ता भइसकेको छ ।  फागुन ९ गते अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो ।

त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि एक दिनअघि सूचना टाँसेर स्थगित गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.