१ चैत, काठमाडौं । पदाधिकारी खारेज गर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई वैधता नदिन भन्दै माधव नेपाल पक्षले निर्वाचन आयोगलाई पत्र लेखेको छ । झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत ११ जनाले हस्ताक्षर गरेको पत्र आयोगमा पठाएको हो ।
