एक हल गोरु पाल्ने किसानलाई एक थान हलो अनुदान

एक हल गोरु पाल्ने किसानलाई एक थान हलो अनुदान

२ चैत्र, तनहुँ ।
बन्दीपुर गाउँपालिका कार्यालयले एक हल गोरु पाल्ने किसानलाई एक थान हलो अनुदानमा वितरण गर्ने भएको छ।

गोरुलाई विस्थापित हुनबाट जोगाउन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हलो प्रदान गर्न लागिएको हो।

पछिल्लो समय नयाँ प्रविधिको आगमनसँगै गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि पनि गाउँपालिकाले यो अभियानलाई अघि बढाएको गाउँपालिका कार्यालयले जनाएको छ।

त्यसैगरी गाउँपालिकाले मिनी ट्रिलरका लागि २० लाख, कुटानीपिसानी मिलमा पाँच लाख, कृषि टनेलमा तीन लाख र हलोका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।

आयआर्जनको माध्यमबाट आर्थिक क्षेत्रमा सबल बनाउन सहयोग पुग्ने हेतुले किसानलाई गाउँपालिकाको ५० प्रतिशत सहयोगमा उक्त सामग्री वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।

सम्बन्धित क्षेत्रका लागि किसानले आवेदन दिए पनि उनीहरुको मूल्यांकन र स्थलगत अवलोकनपछि मात्रै अनुदानमा सामग्री प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.