ठुलो परिमाण मदिरासहित एक भारतीय पक्राउ

ठुलो परिमाण मदिरासहित एक भारतीय पक्राउ

२ चैत्र, मोरङ । भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिव लाल रायलाई विभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ ।

ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा –१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३०० मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३०० मिली ग्रामको ४० काटुन, सोफीका लेखिएको ३०० मिली ग्रामको ३७ काटुन, हरपल लेखिएको ३०० मिली ग्रामको १५२ काटुन र ३०० मिलीग्रामको खुल्ला १९९५ बोतल मदिरा बरामद गरेको हो ।

उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारितय नम्बर प्लेटको डब्लु बी २० जेड १०८७ नम्बरको कार र ४ वटा मोटरसाईकल सहित निज शिबलाल रायलाई पक्राउ गरिएको हो । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.