२ चैत्र, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउँदै छिन् ।
आज दिउँसो ४ बजे उनले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाएका थिए । प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो ।
हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।