देउखुरीको लमहीमा आगलागी हुँदा ६ वटा खरका घर जलेर नष्ट

देउखुरीको लमहीमा आगलागी हुँदा ६ वटा खरका घर जलेर नष्ट

२ चैत्र, दाङ । देउखुरीको लमहीमा आगलागी हुँदा ६ वटा खरका घर जलेर नष्ट भएका छन् ।

लमही नगरपालिका–६ राप्ती टोल विकास संस्था ढिकपुरका अध्यक्ष अनुप बुढा मगरले सोमवार बिहान विद्युतको तार सर्ट भएर सुरु भएको आगलागीबाट छ वटा खरका घर जलेर नष्ट भएको जानकारी दिए ।

आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको बुढाले जानकारी दिए ।

आगलागीबाट कति क्षति भयो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीका घटना हुने गरेका छन् । केहीदिन अगाडि गढवा, कोइलाबास र सुकौलीनाकामा आगलागीबाट घर जलेर नष्ट भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.