ओली-नेपाल समूह वार्ताः फागुन २८ गतेको निर्णय नेपाल पक्षले नमान्ने

ओली-नेपाल समूह वार्ताः फागुन २८ गतेको निर्णय नेपाल पक्षले नमान्ने

२ चैत्र, काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा र माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालयमा आज बसेको बैठक सकिएको छ।

बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए।

उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए।

‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ पत्रकारहरूसँग उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं।’

अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए।

गत फागुन २८ मा ओलीले आफूपक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।

उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले आज अध्यक्ष ओलीलाई गराएको पन्तले बताए। ‘२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्वीकार्दैनौं। त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौं,’ उनले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.