अन्तरवडा टेबलटेनिसमा भक्तपुरका दुवै वडा फाइनल प्रवेश

अन्तरवडा टेबलटेनिसमा भक्तपुरका दुवै वडा फाइनल प्रवेश

२ चैत, काठमाडौं । अन्तरवडा देशव्यापी टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिकाका दुवै वडा फाइनल प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन् । यस्तै सोमबार सम्पन्न अन्य खेलमा समूह चरणका खेल सम्पन्न भएका छन् । टेबल टेनिस प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । पुरुष÷महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागीताको अवसर पाउने छैनन् । भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.