३ चैत्र, मोरङ । झापा र मोरङबाट सोमबार लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।
लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी ५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र ५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम र निजहरुले चलाएको को२७प ६६९२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।