त्रिदेशीय फुटबलः नेपालको खेल चैत १२ गते कीर्गिस्तान र १४ गते बंगलादेशसँग

त्रिदेशीय फुटबलः नेपालको खेल चैत १२ गते कीर्गिस्तान र १४ गते बंगलादेशसँग

३ चैत, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत १० गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ ।

त्यसपछि चैत १४ गते बंगलादेशसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि मार्च २९ अर्थात चैत १६ गते खेल्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.