एमालेको असन्तुष्ट पक्षको भेला आज

एमालेको असन्तुष्ट पक्षको भेला आज

४ चैत, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेला आज आयोजना हुँदैछ ।

देशभरबाट २ हजार नेता कार्यकर्ता सहभागी हुने भनिएको भेलामा पार्टी केन्द्रिय कमिटी, केन्द्रिय कमिटीका पुर्व सदस्यहरु, प्रदेश कमिटी सदस्य, संघ तथा प्रदेशका सांसद, पुर्व सांसद, जिल्ला कमिटीका पुर्व सदस्यहरु लगाएत अन्य तहका नेताहरु सहभागी हुनेछन् । अध्यक्ष केपी शर्मा ओली पक्षसँग असन्तुष्ट खनाल नेपाल समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी राष्ट्रिय भेला आयोजना गरेको हो । यसैबीच अध्यक्ष ओली पक्षले भने भेला नगर्न÷नगराउन निर्देशन दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.