सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम

सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम

४ चैत, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्म सामान्य वर्षाको सम्भावना रहेको जनाएको छ ।

देशका केही ठाउँमा हावाहुरीसहित वर्षा हुन सक्ने महाशाखाले बताएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभाव परेकाले मौसममा बदली आएको जनाइएको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा बुधबार दिउँसो र राति मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । मौसममा बदली आउनसक्ने भएकाले सचेत रहन अपिल गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.