४ चैत, ललितपुर । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा बुधबार दुई देल हुँदैछन् ।
पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा दोस्रो खेलमा वीरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच प्रतिष्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड दिउँसो साढे १२ बजे भिड्दा वीरगञ्ज युथ एकेडेमी र झापा एफसीबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । आउँदो २४ गतेसम्म हुने प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।