नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेताहरु उपस्थित

नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेताहरु उपस्थित

४ चैत, काठमाडौँ । नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्‍चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्‍चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन्।

यस्तै भेलाका लागि विभिन्‍न जिल्लाबाट नेता तगथा कार्यकर्ताहरु उपस्थित भएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

अध्यक्ष ओलीले भने गूटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.