भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या

भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या

४ चैत, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको बताए ।

प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.