नेपाल समूहको भेलालाई गम्भिरतापूर्वक लिएका छौँ : महासचिव पोख्रेल

नेपाल समूहको भेलालाई गम्भिरतापूर्वक लिएका छौँ : महासचिव पोख्रेल

४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापुर्वक लिएको प्रतिक्रिया दिएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समुहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार सांझ हाम्रा संवाददातासँग कुराकानी गर्दै महासचिव पोख्रेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिएका हुन् । उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए । पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए । उनले भने “अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ । आज र भोली आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ । ”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.