सी डिभिजनमा विरगञ्ज र चर्च ब्वाइजको जित

सी डिभिजनमा विरगञ्ज र चर्च ब्वाइजको जित

४ चैत, काठमाडौं । वीरगञ्ज युथ युनाईटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सि डिभिजिन लिगमा बुधबार जित निकालेका छन् ।

सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई १–० ले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले स्तब्ध बनाएको हो । वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । अर्को खेलमा चर्च ब्वाइजलाई सुखद नतिजा दिलाउन सोम थापाले ५२औ, साइमोन लिम्बुले ८८औं तथा इन्द्र जुङ लिम्बुले इन्जुरी समयमा एक एक गोल गरेका थिए । प्लानिङका लागि कृष्ण गिरिले ५५ औं मिनेटमा गोल फर्काएका थिए । बुधबार भएका खेलमा जित निकालेका वीरगञ्ज र चर्च ब्वाइजले जारी लिगमा लगातार दोस्रो जित निकालेका हुन् ।

लिगमा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेल खालीबारी युथ फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा दोस्रो खेल ओएसिस क्लब र स्वयम्भू क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मुख्यालयमा हुनेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.