वाइसिएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने

वाइसिएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने

५ चैत, काठमाडौँ । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

सर्वोच्च अदालतले माउ पार्टी व्यूँताएपछि काठमाडौँमा चैत ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.