आज पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान

आज पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान

६ चैत, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.