वैदेशिक रोजगारीः फागुनमा मात्र ९ हजार बढी श्रमिकले लिए अन्तिम श्रम स्वीकृति

वैदेशिक रोजगारीः फागुनमा मात्र ९ हजार बढी श्रमिकले लिए अन्तिम श्रम स्वीकृति

६ चैत, काठमाडौँ । गएको महिना ९ हजार बढी नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुनमा ८ सय ३० महिलासहित ९ हजार १ सय ४६ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

रोजगारीको लागि सबैभन्दा बढी कतारमा ४ हजार ७४ जना र यूएई जानको लागि एक हजार ४ सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तै एक हजार ४ सय २४ जनाले साउदी अरब रोजेका छन् ।

नेपालको तराईंका जिल्लाबाट वैदेशिक रोजगारीमा धेरै जाने गरेको पाइएको छ । यस पटक पनि सिरहाबाट ६ सय ९२ जना, धनुषाबाट ६ सय ३४ र झापाबाट ४ सय २२ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.