काठमाडौं दक्षिणकालीको खहरेमा दुई पुरुषको शव फेला

काठमाडौं दक्षिणकालीको खहरेमा दुई पुरुषको शव फेला

६ चैत, काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ ।

यसबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ गएको छ ।

अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.