मिडियाको कार्टुन हेर्नुस्, ओलीले अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?: पम्फा भुसाल

मिडियाको कार्टुन हेर्नुस्, ओलीले अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?: पम्फा भुसाल

६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिडियाको कार्टुन हेर्न सुझाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा उनले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा आफूले गरेको बताइन्।

’सारा मिडियाको कार्टुन हे¥यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?’, भुसालले भनिन्,’प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं। नैतिक जिम्मा लिने संस्कृति विकास गरौं। त्यो लोकतन्त्रको अभिन्न अंग हो।’

उनले मन्त्रीहरूलाई नेताहरूको अन्ध समर्थन नगर्न आग्रह गरिन्। उनले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको केपी ओली पक्षका सांसदहरूको उपस्थितिप्रति व्यङ्ग्य कसिन्। ’हामी म¥यौं। त्यही प्रतिगमन ठिक हो भनेर उपस्थित हुने साथीहरूलाई पनि बधाई भन्न चाहन्छु’, भुसालले भनिन्।

उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरिन्। साथै प्रधानमन्त्री ओलीको काम इतिहासमा कालो अक्षरले लेखिने बताइन्। उनले प्रधानमन्त्रीलाई थोरै आलोचना सहन सुझाइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.