एमाले संसदीय दलको बैठक सुरु, गौतम पनि सहभागी

एमाले संसदीय दलको बैठक सुरु, गौतम पनि सहभागी

७ चैत, काठमाडौँ । एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् । गौतम यसअघि ओली तथा नेपाल–खनाल समूहका कुनै पनि बैठक तथा भेलामा सहभागी भएका थिएनन् ।

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूहले भने यसअघि नै सहभागी नहुने निर्णय गरिसकेको छ । संसदीय दलको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.