भक्तपुरमा मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

भक्तपुरमा मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

९ चैत्र, काठमाडौं ।
भक्तपुरको श्रृजनानगरस्थित मःम पसलमा ग्यास सिलिण्डर पड्कँदा ६ जना घाइते भएका छन्।

आइतबार साँझ सबा ६ बजेतीर भीमेश्वर मःम एण्ड चिकेन हाउसमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

स्थानीय कृष्ण कसपालको घरको भुईँ तलामा भएको मम पसलमा ग्यास सिलिण्डर पड्किएको हो।

दुर्घटनामा परी होटल सञ्चालक टीकाराम बस्नेत र उनका आफन्त राजेन्द्र कार्की र गीता कार्की घाइते भएका छन्। साथै पसलका ग्राहक आदित्य सुवेदी, विकास पौडेल र हिमुन्स थापा रहेका छन्।

उनीहरुलाई इवामुरा अस्पताल, सल्लाघारी र मध्यपुर अस्पताल, ठीमिमा लगिएको थियो। घाइतेमध्ये ३ लाई कीर्तिपुरको वर्न सेन्टर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.