पहाडी क्षेत्रमा वर्षाको सम्भावना

पहाडी क्षेत्रमा वर्षाको सम्भावना

११ चैत, काठमाडौं । आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने अन्य भू–भागमा सामान्य बदली भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार अपराह्नपछि गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू– भागमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले पूर्वानुमान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.