पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

१२ चैत, काठमाडौँ । आज पहाडी क्षेत्रका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

दिउँसो पहाडी क्षेत्रमा आंशिक बद्ली भएर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना अबको तीन दिनसम्म नै रहनेछ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिक बद्ली रहेर अरु ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली रही बाँकी क्षेत्रको मौसम सफा रहेको छ ।

अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत थोरै प्रभाव रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.