१२ चैत्र, एजेन्सी ।
नर्वेका खेलाडीहरुले विश्वकप २०२२ को छनौट चरण अन्तर्गत आफ्नो पहिलो खेल सुरु हुनुअघि कतारविरुद्ध प्रदर्शन गरेका छन् ।
बुधबार राति नर्वेले जिब्रालटारसँगको खेलअघि विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले प्रवासी कामदारमाथि गरेको व्यवहारका विरुद्ध प्रदर्शन गरेका हुन् ।
अवे मैदानमा भएको खेलमा नर्वेले जिब्रालटारलाई ३–० ले पराजित गरेर कतार विश्वकप छनौट यात्रा शानदार रुपमा सुरु गरेको हो ।
नर्वेका खेलाडीहरुले ‘ह्युमन राइट्स–अन एण्ड अफ द पिच’ अर्थात मैदान र मैदान बाहिर पनि मानवअधिकार लेखिएको टी–सर्ट लगाएर विरोध गरेका हुन् ।
कतारमाथि विश्वकपका संरचना निर्माणका लागि खटिएका आप्रवासी कामदारको मानवअधिकार हनन गरेको आरोप छ । कतारको विश्वकप आयोजक समितिले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन ।
बेलायती पत्रिका द गार्डियनका अनुसार कतार विश्वकपको निर्माणका काममा खटिएका झण्डै ६५ सय आप्रवासी कामदार मारिएका छन् ।