१२ चैत्र, मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–११ का ४५ बर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ ।
बुधवार दिँउसो बेलवारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।