राष्ट्रिय अनुसन्धान विभागले माग्यो सय भन्दा बढी कर्मचारी

राष्ट्रिय अनुसन्धान विभागले माग्यो सय भन्दा बढी कर्मचारी

१३ चैत, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ।

विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ।

अनुसन्धान अधिकृत २१ जना माग भएको छ।

अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।

भखभचथनजबचदष्मज बिद दयह बम छ
अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।

विभागको वेवसाइट www.nidept.gov.npdflogin बाट पनि फारम भर्न सकिन्छ।

वैशाख १२ गतेभित्र दरखास्त दिइसक्नुपर्ने विभागले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.