रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

१४ चैत्र, काठमाडौं ।
सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले केही समय अघि नेपालमा मल कारखाना खेल्ने प्रस्ताव पेश गरेकी थिइन्।

उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो। बर्सेनि रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले बताएकी छन्।

‘मलको तत्कालिन समस्या हामीले समाधान गरिसकेका छौं, र दीर्घकालीन समाधान गर्ने हेतुले कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएका हौँ’, उनले भनिन्, ‘यो वर्ष मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन।’

मलको अभावले उत्पादनमा कमी नआउने उनले दावी गरिन्।

मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन–२०७७ स्वीकृत गर्दै रासायनिक मल कारखाना स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो।

कारखाना स्थापना सार्वजनिक निजी–साझेदारी(पीपीपी) मोडालिटीमा गरिने छ। नेपालमा रासायनिक मल कारखाना स्थापनाको कामलाई व्यवस्थित गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गर्नेछ।

कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.