सप्तकोसीमा रहेको खुवालुङ ढुङ्गाको अध्ययन र छलफलका लागि मुख्यमन्त्री राई खुवालुङ जाँदै

सप्तकोसीमा रहेको खुवालुङ ढुङ्गाको अध्ययन र छलफलका लागि मुख्यमन्त्री राई खुवालुङ जाँदै

१७ चैत, विराटनगर । सप्तकोसी नदीको बीचमा रहेको खुवालुङ ढुङ्गाको अध्ययनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ जाँदैछन् ।

मंगलबार किराँत समुदायका अगुवा र प्राविधिक टोलीसहित मुख्यमन्त्री राई खुवालुङ जाँदैछन् । अध्ययन र छलफलका लागि मुख्यमन्त्री खुवालुङ जाने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

तमर, सुनकोसी र अरुणको त्रिवेणीमा रहेको खुवालुङले जेटबोट र स्टिमर सञ्चालन गर्न बाधा पु¥याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले स्टिमर सञ्चालनका लागि ढुङ्गोलाई फुटाउने बताएका थिए ।

सार्वजनिक कार्यक्रमबाट प्रधानमन्त्रीले सभ्यताको केन्द्र भत्काउने बताएपछि किराँत समुदाय आन्दोलनमा छ । पहिचानसँग जोडिएको खुवालुङ फुटाउन नहुने भन्दै किराँत समुदायको विरोधका कारण सरकार एक कदम पछि हटेको छ ।

मुख्यमन्त्री राईले कोसीमा स्टिमर सञ्चालनका लागि पानीको धार परिवर्तन गराउने वा क्रेन प्रयोग गरेर टुङ्गालाई सार्न सकिने विषयमा छलफल गरिरहेका छन् । किराँत समुदाय खुवालुङको स्वरुप परिवर्तन गर्न नमिल्ने पक्षमा छ ।

किराँत समुदायको सभ्यतासँग जोडिएको खुवालुङलाई कुनै पनि बाहानामा फटाउन नपाइने किराँत राई यायोख्या केन्द्रीय समिति अध्यक्ष दिवस राईले बताए । ‘खुवालुङ हाम्रो सम्भयतासँग जोडिएको छ, हाम्रो इतिहासलाई राज्यले संरक्षण गर्नुपर्छ,’ उनले भने,’ खुवालुङको चर्चा नगरी मन्धुम सुरु हुदैन् ।’

किराँत समुदायले प्राचिन समयमा खुवालुङलाई आधार स्तम्भ मानेर दायाँबाट छरिएको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.