१८ चैत्र, विराटनगर ।
आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको जानकारी दिँदै महाशाखाले पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भागमा बदली नरहेता पनि तुवाँलो रहेको जनाएको छ ।
बिहिबार प्रदेश– १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।