NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो  बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक बिहिबार असार १९ , २०८२
कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण? बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

नेपाल आउने भिसा प्रक्रिया थप जटिल भएको विदेशी पर्यटकको गुनासो

शुक्रबार चैत्र २० , २०७७
Reading Time: 1 min read
A A
Advertisement
पर्यटकीय स्थल सौराहामा आन्तरिक पर्यटकको घुइँचो, विदेशीको संख्या न्यून
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० चैत, काठमाडौँ । नेपाल आउन चाहेका विदेशी पर्यटकले नेपाल आउने भिसा प्रक्रिया थप जटिल भएको गुनासो गरेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीका अनुसार दूतावास पुग्ने गरेका र विमानस्थलसम्मै आएका पर्यटकले अनअराइभल भिसा नपाएको भन्दै टेलिफोनबाट प्राप्त हुने गुनासो बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका निकायले केही दिनअघि ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ ले पर्यटक आगमन सहज भएको भन्दै व्यापक प्रचार गरेका थिए ।

Advertisement

यसैलाई आधार मानेर नेपाल आएका र आउन खोज्ने पर्यटकलाई भने अध्यागमन विभाग र विदेशस्थित कूटनीतिक नियोगले भने साविकको निर्णयमा कुनै परिवर्तन नभएको भन्दै फिर्ता गरिरहेका छन् ।

यसले नेपाल आउन उत्साहित पर्यटक निरास बन्नुका साथै सरकारका तीन वटा मन्त्रालय बीचमै चरम समन्वयको अभाव देखिएको पर्यटन बोर्डले जनाएको छ ।

‘गृह मन्त्रालयको अध्यागमन र परराष्ट्र मन्त्रालय मातहतका विदेशी कूटनीतिक नियोगले भिसा दिने प्रक्रिया सहज बनाउने निर्णय नै नभएको भन्दै पर्यटकलाई फर्काइरहेको गुनासो अत्यधिक आएको छ,’ सीईओ रेग्मीले भने ।

सहज होइन, सुरक्षित गर्न खोजिएको हो: अध्यागमन

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको समयमा नेपालले निस्फ्रिक्री आवागमन खुला गर्नै नसक्ने अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले बताए ।

उनले ५ चैतमा मन्त्रिपरिषदबाट भएको भनिएको निर्णयले पर्यटक आगमनलाई अझ सुरक्षित बनाउन खोजिएको स्पष्ट पारे । तर, त्यो निर्णयपछि साविकभन्दा सहज रुपमा पर्यटक नेपाल आउन सक्ने वातावरण भने नबनेको उनले स्वीकार गरे ।

निर्णयबारे थप व्याख्या गर्दै उनले भने, ‘सुरुमा विदेशस्थित कुटनीतिक नियोगबाटै पर्यटकले भिसा लिनुपर्छ, त्यहाँ लिने वातावरण नभए अनअराइभल भिसा दिइने छ, तर यहाँ शर्त राखिएको छ ।’ उनले पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ को भाग ‘ख’ को दफा ‘६’ राम्रोसँग पढ्न समेत आग्रह गरे ।

जसमा भनिएको छ, ‘अनअराइभल भिसा प्राप्त गर्न चाहने पर्यटकले दफा ७ मा उल्लेखित वायुसेवाको चेक इन काउन्टरमा प्रस्तुत गरेका कागजात आफूसँगै राखी विमानस्थल अध्यागमन विन्दुमा पेस गर्नुपर्छ ।’

दफा ७ अनुसार पर्यटकको साथमा बोडिङ हुनुभन्दा बढीमा ७२ घण्टा अगाडि दिएको स्वावको कोरोना पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको कागजात वा कोभिड–१९ विरुद्धको खोपको मात्र पुरा भएको कागजात हुनुपर्ने छ ।

नेपाल आउनका लागि प्राप्त गरेको भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटन विभाग वा पर्यटन बोर्डको सिफारिसको कागजात साथमा हुनुपर्ने छ । नेपालमा होटेल बुकिङ गरेको वा बसोबास सुनिश्चित भएको प्रमाण समेत अनिवार्य साथमा हुनुपर्छ ।

आपतकालीन खोज, उद्धार, उपचारलगायत विषय समेटिएको नेपाल यात्रा अवधिभरको मान्य हुने यात्रा बीमा गरेको कागजात अनिवार्य हुनुपर्ने छ ।

महानिर्देशक केसीका अनुसार यो प्रावधान ५ चैतमा भएको भनिएको परिवर्तन अगाडिकै प्रावधान हो । यसमा कुनै परिवर्तन भएको छैन ।

पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डले अपरिपक्क तरिकाबाट गरेको प्रचारबाजीकै कारण अहिले पर्यटकले सास्ती भोग्नु परेको अध्यागमनका अधिकारीको भनाइ छ ।

महानिर्देशक केसी भन्छन्, ‘कि भिसा विदेशबाटै लिएर आउनु प¥यो, अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभागको सिफारिस अनिवार्य भनेको छ, यसमा के परिवर्तन भयो र ?’ अहिले नेपालमा भ्रमण वर्ष वा कोरोना फ्रि भनेर पर्यटक बोलाउनै पर्ने बाध्यता नभएको भन्दै सुरक्षित रुपमा पर्यटक आगमन सहज बनाउने काम अध्यागमनले गरिरहेकोे उनले बताए ।

क्वारेन्टिन अनिवार्य छ

सरकरको पछिल्लो निर्णयले नेपाल आउन अहिले पनि पर्यटकले साविकमा जस्तै कागजपत्र र प्रक्रिया पुरा गर्नुपर्छ । यो प्रक्रिया पुरा गरेको अवस्थामा ५ चैत भन्दा अगाडि पनि अध्यागमनले प्रवेश विन्दुमै भिसा दिने गरेको थियो । सोहीकारण पर्यटन मन्त्रालय र विभागले प्रचार गरेजस्तै आगमन सहज छैन ।

तर, नेपाल आएपछि अनिवार्य क्वारेन्टिन हटाएर नेपाल आइसकेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गर्ने, नतिजा नआएसम्म आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्ने र पीसीआर नेगेटिभ आएमा मात्र घुमफिरमा जान सक्ने प्रावधान थप भएको छ ।

यसले निर्णयले जुनसुकै पर्यटक नेपाल आउँदा अहिले पनि उत्तिकै सास्ती भोग्नुपर्छ । यद्यपि पर्यटकले क्वारेन्टिन नै बस्नु नपर्ने, अनअराभइल भिसा सहज भएको भन्दै गरिएको प्रचारबाजीले स्वयम् पर्यटकमा अन्यौल थपेको छ ।

लोकप्रीय

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै
ताजा समाचार

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 
अन्तर्राष्ट्रिय

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक
खेलकुद

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

नेपाली ईभी बजारमा अर्को धमाकाः अल ह्वील ड्राइभसहित एलईभी एक्स आउँदै

बिहिबार असार १९ , २०८२
 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

 मामदानीले हातले भात खाँदा ट्रम्प समर्थकको पारो तात्यो 

बिहिबार असार १९ , २०८२
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.