NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ? बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

शनिबार चैत्र २१ , २०७७
Reading Time: 1 min read
A A
कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ चैत्र, विराटनगर ।
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना भएको ३८ दिनपछि प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको हो ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले वैकल्पिक सरकार निर्माणको पहलका लागि पहिलोपल्ट औपचारिक निर्णय गरेको हो ।

LS Auto

आफैंले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निचोड कांग्रेसको छ ।

यसअघि पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि सर्वसम्मतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

निर्णयपछि पनि देउवाले वैकल्पिक सरकार बनाउन अग्रसरता नलिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले असन्तुष्टि जनाएको थियो ।

उनीहरूले पार्टीले ठोस निर्णय नलिएकै कारण ओलीमा सर्वसत्तावाद र स्वेच्छाचारिता बढेको भन्दै सत्ता समीकरणका विषयमा निर्णय गर्न नेतृत्वलाई बाध्य पारेका हुन् ।

सभापति देउवा र उनीपक्षीय नेताहरूले पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण र महाधिवेशन तयारीसम्बन्धी एजेन्डा मात्रै अघि सारेका थिए ।

देउवा तत्काल सत्ता समीकरणको विषयमा निर्णय गराउने पक्षमा थिएनन् । एजेन्डाका विषयमा मोटामोटी समझदारी गरेपछि मात्रै बैठक सुरु गर्ने कांग्रेसको प्रचलनै बसेको छ ।

शुक्रबार पनि सभापति देउवाको कार्यकक्षमा संस्थापन र इतरपक्षका शीर्ष नेताहरूबीच पार्टीको क्रियाशील सदस्यता र सत्ता समीकरणका विषयमा अनौपचारिक छलफल चलेको थियो ।

सदस्यतासम्बन्धी विषयमा समझदारी जुटे पनि सत्ता समीकरणका विषयमा अहिल्यै ठोस धारणा बनाउने कि नबनाउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो ।

सभापति देउवाले सत्ता समीकरणका विषयमा हतारो गर्न नहुने भन्दै पौडेल र सिटौलालाई मनाउन खोजेका थिए ।

ओलीको राजीनामा मात्रै माग्ने तर सत्ता समीकरणका विषयमा अहिल्यै निर्णय नगराउने पक्षमा देउवा थिए । पौडेल र सिटौलापक्षीय शीर्ष नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको यतिका दिनपछि राजीनामा माग्ने निर्णय मात्रै गर्दा हास्यास्पद हुने भन्दै सरकारका विषयमा पनि ठोस निर्णय लिनैपर्ने अडान राखेका थिए ।

अनौपचारिक छलफलमै नेताहरूबीच लामो रस्साकसी चलेपछि अन्ततः समझदारी बनाउँदै दिउँसो २ बजे बोलाइएको बैठक राति पौने ८ बजे मात्रै सुरु भएको थियो ।

पौडेल र सिटौलाले कांग्रेसले औपचारिक निर्णयका साथ अग्रसरता लिएमा सत्ता समीकरणका लागि मुख्य साँचो बोकेर बसेको जनता समाजवादी पार्टी (जसपा) पनि प्रस्ट भएर आउने बताएका थिए ।

उनीहरूले कांग्रेसका कारण ओलीको सत्ता टिकेको गलत सन्देश गएको भन्दै सभापतिलाई वैकल्पिक सरकार निर्माणको यात्रामा ढिलाइ नगर्न आग्रह गर्दै आएका थिए ।

पौडेलले प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका राजनीतिक दलहरू मिलेर सरकार बनाउनुपर्ने भन्दै तत्काल पहल गर्न सभापतिलाई आग्रह गरेका थिए ।

सभापति देउवाको भित्री उद्देश्य वैकल्पिक सरकार निर्माणभन्दा निर्वाचनतिरै जोड दिने रहेको उनीपक्षीय एक नेता बताउँछन् । वैकल्पिक सरकार निर्माण भएमा तत्काल निर्वाचनमा जाने सम्भावना रहन्न ।

उसले आवधिक निर्वाचन मात्रै गर्न सक्छ । त्यसैले सरकार बनाउनेतिर भन्दा निर्वाचनतिर धकेल्ने मनसाय देउवामा रहेको बुझाइ कांग्रेस नेताहरूमा छ ।

प्रधानमन्त्री ओलीले पनि सके आफ्नै नेतृत्वको सरकार टिकाउने, नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमै जाने योजना सुनाइसकेका छन् ।

ओलीको त्यही योजना पूरा हुन नदिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरी वैकल्पिक सरकारको सुनिश्चितता खोज्दै आएको छ ।

कांग्रेस र जसपामध्ये कुनै एक पार्टीले माओवादीलाई सरकार बनाउन असहयोग गरेमा र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने बाटो खुल्छ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउन नसके आफ्नै नेतृत्वमा अल्पमतको सरकार बन्ने, त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने तयारीमा ओली देखिन्छन् ।

पौडेल र सिटौला पक्षका नेताहरूले ओली नेतृत्वको सरकारले गराउने निर्वाचन निष्पक्ष नहुने भन्दै जसरी पनि सरकारको विकल्प खोज्नुपर्ने पक्षमा जोड दिएका थिए । कांग्रेसको नेतृत्वमा सरकार बनाएरै निर्वाचनमा जानुपर्ने पौडेल र सिटौलाको जोड थियो ।

पौडेल पक्षमा रहेका कतिपय नेताले भने कांग्रेसले सरकारको नेतृत्व वा सहभागितामा जोड नदिएर प्रतिपक्षमै बस्नुपर्ने माग गरेका थिए ।

वैकल्पिक सरकार निर्माणका लागि बाहिरबाट समर्थन गर्नुपर्ने नेता अर्जुननरसिंह केसीले बताए । ‘छोटो समयका लागि सरकारमा गएर नेतृत्व लिँदा वा सहभागी हुँदा यसअघिका अपजस हामीले बोक्नुपर्ने हुन्छ, जनतामाझ लैजानुपर्ने मुद्दामा हामी कमजोर हुन्छौं,’ केसीले भने, ‘विकल्प नै नभए छुट्टै हो । नत्र हामीले सरकारको नेतृत्व लिने र सहभागिता जनाउने काम गर्न हुन्न ।

माओवादी र जसपालाई वैकल्पिक सरकारको नेतृत्व लिन आग्रह गरेर बाहिरबाट समर्थन दिनुपर्छ ।’ तर, ओलीको नेतृत्वको विकल्प भने खोज्नुपर्ने उनको धारणा छ ।

कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म पुर्‍याएको छ ।

यसअघि चैत १० सम्म यो कार्य सम्पन्न गर्नुपर्ने निर्णय थियो तर अझै १८ जिल्लामा सदस्यता वितरण र नवीकरणको काम अघि नबढेको भन्दै केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले थप समय मागेपछि बैठकले चैत मसान्तसम्मको समय दिएको हो ।

यसैबीच, पार्टीका पुनःसंरचनासम्बन्धी समायोजन समितिका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएका छन् । निर्वाचनसम्बन्धी काम गर्नुपर्ने भएकाले उनले राजीनामा दिएको बताएका छन् ।

गएको फागुन ११ गते सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिए पनि राजनीतिक दलहरुले नयाँ सरकार गठन गर्न भने सकिरहेका छैनन् ।

कांग्रेसको निर्णयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको बाटो खोलेको छ ।

लोकप्रीय

रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

विचार

रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.