२१ चैत्र, कपिलवस्तु ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन गरेका छन्।
कपिलवस्तुमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुनुअघि प्रचण्डले मन्दिरको अवलोकन गरेका हुन्।
सो क्रममा मन्दिरको भौतिक संरचना र पुरातात्त्विक स्थलहरूबारे समेत जानकारी लिएका छन्।