१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला

२१ चैत्र, सुर्खेत ।

जंगलमा घाँस काट्न गएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी झुन्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए ।

उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए ।  सोही ठाउँमा ११ बजे झुन्डिएको अवस्थामा स्थानीयले देखेका थिए ।

शवलाई पोस्टमार्टमका लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.