आज सुनको भाउ तीन सयले बढ्यो

आज सुनको भाउ तीन सयले बढ्यो

२४ चैत, काठमाडौँ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।

हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.