खोसेको सांसद पद कसरी फर्किन्छ ? (भिडियो सहित)

खोसेको सांसद पद कसरी फर्किन्छ ? (भिडियो सहित)

२६ चैत, काठमाडौं । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदसँगै मन्त्री पदपनि गुमाएका छन् ।

नेकपा एमाले प्रवेश गरेका आफ्ना सांसदलाई नेकपा माओवादी केन्द्रले सांसदबाट बर्खास्त गरिएको पत्र संसद सचिवालयमा बुझाएको थियो । बिहिबारको प्रतिनिधिसभा वैठकबाट औपचारिक रुपमा उनिहरुको सांसद पद खोसिएको हो । एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै माओवादीले उनिहरुलाई कारबाही गरेको हो । गत पुष १० गते मन्त्री बनेका उनिहरुको मन्त्री पद समेत गुमेको त छ । नेपालको संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ । अब उनिहरुले ६ महिना भित्र प्रतिनिधिसभा वा राष्ट्रियसभाको सदस्यता लिनुपर्छ । तर तत्काल गैरसांसद भएका उनिहरुले मन्त्री रहिरहने हो भने पनि सपथ लिनुपर्ने कानूनी व्यवस्था छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका उनिहरुको सांसद पद खारेज भएर मन्त्री पद नै गुमेपछि ओली सरकारलाई धक्का लागेको छ ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि तत्कालिन नेकपाको प्रचण्ड–माधव समूह कै भेलामा सहभागी भएका सांसदहरु (मन्त्री भट्ट बाहेक) रातारात ओली समूहमा प्रवेश गरेर मन्त्री भएका थिए । ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै विरोधमा उत्रिएकाहरु मन्त्री पद कै लागि ओली समूहमा गएको भनि त्यतिबेला पनि चर्को आलोचना भएको थियो । मन्त्री पद कै लोभले माओवादी केन्द्र छाडेको आरोप खेपिरहेका उनिहरुलाई अब मन्त्री पद मै राखिराख्न प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो भूमिका खेल्छन् भन्ने चासो बढेको छ । जटिल परिस्थितीमा प्रधानमन्त्री ओलीलाई साथ दिएर एमाले प्रवेश गरेका उनिहरुलाई मन्त्री बनाइराख्न ओलीले हरप्रयास गर्नसक्ने आँकलन गरिएको छ । यहि अवस्था आउने देखेर समानुपातिक सांसद हेरफेर गर्ने अधिकार आँफैमा केन्द्रीत गरेका नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा ओली विरुद्ध चर्को विरोधमा उत्रिएका समानुपातिक सांसदलाई हटाएर मन्त्री पद जोगाउन समानुपातिक सांसद हेरफेर गर्ने सम्भावना छ । त्यसैले अहिले प्रधानमन्त्री ओलीको विरोध गर्ने समानुपातिक सांसदको पद जोखिममा परेको छ ।

माओवादी छोडेर आएका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य पद दिएका ओलीले रामबहादुर थापा बादल र लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएका थिए । माधव नेपाल पक्षका नेतालाई हटाउँदै माओवादीबाट आएका नेतालाई पार्टीमा महत्वपूर्ण स्थान दिएका ओलीले माओवादीले आफ्नो सरकारका मन्त्रीको सांसद पद खोसेपनि ओलीले आवश्यक व्यवस्थापन गर्ने आँकलन गरिएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.