३३६ इन्स्पेक्टरको सरुवा

३३६ इन्स्पेक्टरको सरुवा

२८ चैत्र, काठमाडौं ।
नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ ।

शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको सरुवा गरेको हो । काठमाडौँको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना सरुवा भएकी छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ । त्यस्तै बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्का सरुवा भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.