चितवनको रामपुरमा भ्यान पल्टिँदा दुईजनाको मृत्यु

चितवनको रामपुरमा भ्यान पल्टिँदा दुईजनाको मृत्यु

२९ चैत्र, चितवन ।
चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।

दुर्घटना भएको सवारीमा ९ जना चढेको खुलेको छ। घाइते भएका सात जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.