बुटवल कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

३० चैत्र, बुटवल ।
कोरोना संक्रमित भएर रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारारत २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनका अनुसार गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको हो भने चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।

दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले जानकारी दिए । अहिले अस्पतालमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.