३० चैत्र, विराटनगर ।
पानी परेपछि सामान्य अवस्थामा पुगेको काठमाडौंको वायु प्रदूषण फेरि बढेको छ ।
प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार सोमबार बिहान काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ ।
बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । एक्युआई दुई सयभन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ ।
काठमाडौंपछि बंगलादेशको ढाका, चीनको बेइजिङ, युक्रेनको किभ र भारतको कोलकातामा प्रदूषण उच्च देखिएको छ ।
यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेका कारणले पनि प्रदूषणको मात्रा बढेको जानकारहरु बताउँछन् ।
डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुनुका साथै बाक्लो तथा हानिकारक धुवाँ उड्ने भएकाले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असरको जोखिम बढेको छ ।