ओलीले डाके वैशाख ६ गतेका लागि पार्टीको केन्द्रीय कमिटी बैठक

ओलीले डाके वैशाख ६ गतेका लागि पार्टीको केन्द्रीय कमिटी बैठक

३० चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए ।

एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् ।

ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो ।

आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको एक नेताले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.