२ वैशाख, विराटनगर ।
विराटनगरमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ति महिलाको बिहीबार मृत्यु भएको हो ।
विराटनगर–४ बरगाछीकी ४६ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको उपचार केन्द्रका निमित्त संयोजक एपोलोकुमार भगतले जनाएका छन् ।
उपचारका लागि नोबेल अस्पताल पुगेकी ती महिलाको पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
ती महिलाका पति पनि संक्रमित भएको र उनको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको भगतले जानकारी दिए ।