खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

२ वैशाख, रासस ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला परेको छ ।

बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।

शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.