हप्तादिन अघि भारतबाट आएका ३१ वर्षीय संक्रमितको मृत्यु

हप्तादिन अघि भारतबाट आएका ३१ वर्षीय संक्रमितको मृत्यु

३ वैशाख, नेपालगञ्ज ।
कोरोना संक्रमणका कारण सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनी एक हप्ताअघि भारतबाट आएका थिए । नेपाल आएलगत्तै उनको स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो।

त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको शुक्रबार बिहान ७ः३५ बजे भेरीमै मृत्यु भयो। मृतकलाई कुनै दीर्घरोग थिएन।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ। यसैबीच, मेडिकल कलेजमा गरिएको परीक्षणमा ४५ जनालाई कोरोना पुष्टि भएको छ।

मेडिकल कलेजले ४५ जनाको जाँच गरेकोमा सबैमा कोरोना पुष्टि भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.