सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको सुनुवाइ आज

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको सुनुवाइ आज

३ वैशाख, काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गएको फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइमा सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुई वटा गरेर साट वटा उजुरी परेका छन् ।

चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएकोमा सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला सुनाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.